‘घरज्वाइँ’ को टिजर सार्वजनिक
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: फिल्म घरज्वाइँको टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आज (आइतबार) फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्म घरज्वाइँ असार २८ गतेबाट प्रदर्शनमा आउने छ । फिल्म घरज्वाइँमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनासँगै शिशिर वाङ्देल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायतका कालाकारहरुको पनि भूमिका रहेको निर्माण पक्षले बताएको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा अनिल बुढाको निर्देशन रहेको यो चलचित्रका निर्माता जनक घर्ती रहेका छन् ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...
पोखरा: पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

